पुर्वप्रधानमन्त्री माधव नेपालले गरे छ माया छपक्कैको आलोचना

२०७६ आश्विन २९, बुधबार १६:५७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पुर्वप्रधानमन्त्री माधव कुमार नेपालले चलचित्र छ माया छपक्कैको आलोचना गरेका छन् ।

बुधबार साझ जयनेपाल सिनेमाघरमा चलचित्र छ माया छपक्कैको बिशेष शो हेरेपछि मिडिया र चलचित्र समुहको अगाडि नेता नेपालले चलचित्रको कथा नमिलाएको भन्दै आलोचना गरे ।

उनले भने कथानक मिलाउनु पर्ने मिलाएको लागेन ,कतिपय कुरा सहि छन् ,बिगतका राजनीतिक प्रसंग हेर्दा , तर राजनीतिको त्यो मात्रै तस्वीर हैन समाजका सबै पाटो हुन्छन् त्यसैले एउटै कुरालाई लिएर सामान्यीकरण गर्नु हुदैन । नेता नेपालले थपे , चलचित्रमा जनतामा लोकप्रीय भएको मान्छेले जिताएको देखाउनुपथ्र्यो अनि गज्जबर स्वादीलो बन्थ्यो ।

चलचित्र छ माया छपक्कैमा राजनीतिका नकरात्मक कुराहरु मात्रै देखाईएको भन्दै पुर्व प्रधानमन्त्री नेता नेपालले असंतुष्टि ब्यक्त गरेका हुन । छ माया छपक्कै राजनीति बिषय बस्तुमा आधारीत रहेको छ जहां राजनीतिका बिकृत्तिलाई मुख्य बिषयबस्तु बनाईएको छ । चलचित्र ६ मायाँ छपक्कैमा दीपकराज गिरी केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल, सुपुष्पा भट्ट, प्रकाश घिमिरे, सविन बास्तोला, अनुराग सिंह कुँवर, बिष्णु सापकोटा, शिशिर वाङदेलसहितको मुख्य भूमिका रहेको छ ।
चलचित्र ‘आमा सरस्वती मुभिज’, ‘रोहित अधिकारी फिल्मस्’ र ‘र्आइएमई’को संयुक्त ब्यानरमा निर्माण भएको हो । यो चलचित्रका मुख्य निर्माता रोहित अधिकारी र कार्यकारी निर्माता जितु नेपाल, केदार घिमिरे हुन् ।
निर्देशक चलचित्रलाई दीपेन्द्र लामाले लेखेका हुन् ।
चलचित्र छ माया. छपक्कैले आक्रमक ब्यवसायीक सफलता हासील गरीरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय