चलचित्र छ माया छपक्कै हेरेर शीर्ष नेता तथा मन्त्रीहरुले चलचित्रमा देखाईएको भोट बहिष्कार अभियानलाई स्विकारेका छन ।
हलहरुमा प्रदर्शन भैरहेको चलचित्र छ माया छपक्कैले आम दर्शकहरुको मन जितिरहेको बेला बुधबार साझ जयनेपाल सिनेमाघरमा बिशेष शोको आयोजना गरीएको थियो ।
बिशेष शो मा चलचित्रका चर्चित कलाकारदेखि बिभिन्न क्षेत्रका भीआईपी पाहुनाहरु उपस्थित थिए । निर्देशक दीपेन्द्र लामा निर्देशित चलचित्रमा देशको समसामयीक राजनीतिक बिकृत्तिका बिरुद्ध जनजागरणको बिषयलाई उठान गरीएको छ ।
चलचित्र हेर्न पुगेका पुर्व प्रधानमन्त्री माधव नेपालले नेपालको राजनीतिक इतिहांसको समिक्षा गरेको र राजनीतिक बिकृतिको एउटा पाटो फिल्मले उजागर गरेको बताए ।

पुर्वप्रधानसेनापति रुक्मांगत कटुवालले राजनीतिज्ञको लागि पाठ छ माया छपक्कै भएको बताए । उर्जामन्त्री बर्षमान पुनले जनताको भावनालाई राजनीतिक दलले प्रतीनिधित्व गर्नुपर्छ भन्ने सन्देश चलचित्रले दिएको बताए । अर्का मन्त्री ललाबाबु पण्डीतले राजनीतिले जनताको समस्या बोक्न सक्नुपर्छ भन्ने सन्देश रहेको बताए ।
पर्यटनमन्त्री योगेश भटराईले नेपालमा भएका ठुला क्रान्तीले राजनीति ब्यवस्था बदलेको बताए उनले नागरीकले आफ्नो प्रतीनिधिहरु छान्न उत्सुक हुन्छन र संगठीत हुन्छन् भन्ने सन्देश रहेको बताए । कांग्रेस प्रबक्ता विश्वप्रकाशले नागरीक जागरुकता प्रस्तुत गरेको प्रतिक्रिया दिए ।
राष्टियसभा सदस्य कोमल ओलीले जनताको चाहनालाई पुरा गर्न जनप्रतिनिधिले कतिसम्म ध्यान दिनुपर्छ भन्ने सन्देश दिएको बताईन । त्यस्तै कलाकार दिपकराज गिरीले राजनीति समस्या हो भने राजनीतिबाटै उपचार हुनुपर्ने प्रतिक्रिया दिए ।
चलचित्र ६ मायाँ छपक्कैमा दीपकराज गिरीसँगै केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल, सुपुष्पा भट्ट, प्रकाश घिमिरे, सविन बास्तोला, अनुराग सिंह कुँवर, बिष्णु सापकोटा, शिशिर वाङदेलसहितको मुख्य भूमिका रहेको छ ।
चलचित्र ‘आमा सरस्वती मुभिज’, ‘रोहित अधिकारी फिल्मस्’ र ‘र्आइएमई’को संयुक्त ब्यानरमा निर्माण भएको हो । यो चलचित्रका मुख्य निर्माता रोहित अधिकारी र कार्यकारी निर्माता जितु नेपाल, केदार घिमिरे हुन् ।
चलचित्रलाई निर्देशक दीपेन्द्र लामाले लेखेका हुन् । चलचित्र छ माया. छपक्कैले आक्रमक ब्यवसायीक सफलता हासील गरीरहेको छ ।


