इनास अवार्डमा उत्कृष्ट अभिनेत्री स्वस्तिमा अभिनेता वीपिन

२०७६ आश्विन २९, बुधबार ०३:२२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नेपाली कथानक चलचित्र ‘बुलबुल’ले स विदेशमा रहेका कलाकारहरु एकीकृत भएको संस्था अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनास अवार्ड जितेको छ । आज काठमाडौंमा अवार्ड वितरण कार्यक्रममा चलचित्र ‘बुलबुल’ले वर्षको उत्कृष्ठ चलचित्र सहित तीनवटा विधामा बाजी मारेको हो ।

‘बुलबुल’बाट निर्देशक विनोद पौडेलले उत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गरेका छन् भने सोही चलचित्रबाट नायिका स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारेकी छन् ।


जुरी वेष्ट फिल्म अवार्ड चलचित्र गोपीले पाएको छ । जुरी वेष्ट डिरेक्टर अवार्ड ुछक्का पञ्जा ३बाट दीपाश्री निरौलालाई प्रदान गरिएको छ ।

विभिन्न ११ वटा विधामा अवार्ड प्रदान गरिएकोमा उत्कृष्ट कथातर्फको अवार्ड चलचित्र ‘प्रसाद’ले पाएको छ । यस्तै उत्कृष्ठ अभिनेताको अवार्ड वीपिन कार्कीले पाएका छन् । ‘प्रसाद’बाट वीपिनलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय