रक्षा मन्त्री ईश्वर पोख्रेलले नेपालको प्रथम नायिका भुवन चन्दको खुलेरै प्रशंशा गरेका छन् । रेजीना फिल्मसले बडादंशैको अवसरमा आयोजना गरेको नवदुर्गा सम्मान कार्यक्रममा बोल्दै नायिका भुवनचन्द आफ्नो किशोर अवस्थामा सारै मन परेको बताए ।
जब नायिका भुवन चन्दको फिल्म हेरे तब म अत्यन्तै प्रभावित भए रक्षा मन्त्री पोख्रेलले भने ।
भुवनचन्दको फयान रक्षामन्त्री पोख्रेलले अहिलेका चल्तीका नायिकाहरु करिश्मा मानन्धर ,रेखा थापा ,देखि स्वस्तीमा खड्काको समेत चर्चा गरे । रक्षा नेपालको सहयोगार्थ नवदुर्गा सम्मान कार्यक्रममा नौजना नायिकाहरुलाई सम्मान गरीएको थियो ।
सम्मानित हुने अभिनेत्रीहरूमा नेपाली चलचित्र क्षेत्रको पहिलो पुस्ताबाट प्रथम नेपाली चलचित्रकी आमाद्वय भुवन चन्द र वसुन्धरा भुसाल छन् । नेपाली चलचित्र क्षेत्रमा दिएको विशिष्ट योगदानको कदरस्वरूप यी दुईलाई नौरथाको अवसर पारेर नव दुर्गाको नामबाट सम्मापित सम्मानबाट सम्मानित गरिएको हो ।

यस्तै २०४४ को दशकबाट दुई अभिनेत्री गौरी मल्ल र करिश्मा मानन्धरलाई नेपाली चलचित्र क्षेत्रमा तीन दशकभन्दा लामा समय योगदान पु¥याएको भन्दै विशेष योगदानस्वरूप यी दुईलाई नव दुर्गा सम्मान प्रदान गरिएको हो ।
दसैंको अवसर पारेर नव दुर्गाको नामबाट स्थापित राष्ट्रिय नवदुर्गा सम्मानबाट उनीहरू सम्मानित भएका हुन् । यस्तै २०५० को दशकका तीन अभिनेत्री अभिनेत्री रेखा थापा, दीपाश्री निरौला र सञ्चिता लुइँटेल पनि विशेष योगदानअन्तर्गत राष्ट्रिय नव दुर्गा सम्मान सम्मानबाट सम्मानित भए ।
नेपाली चलचित्र क्षेत्रमा आफ्नो अभिनयबाट उल्लेख्य योगदान दिएको भन्दै उनीहरूलाई सम्मान गरिएको हो ।
पछिल्ला पुस्ताका दुई अभिनेत्री नम्रता श्रेष्ठ र स्वस्तिमा खड्कालाई पनि नेपाली चलचित्र क्षेत्रमा दिएको योगदानको कदर गर्दै राष्ट्रिय नव दुर्गा सम्मानबाट सम्मानित गरिएको हो ।


