रातोटीका निधारमा चलचित्रले सबैको मन जित्यो

२०७६ आश्विन १०, शुक्रबार ०७:०३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

अशोक शर्मा निर्मित निर्देशित फिल्म रातोटीका निधारमा शुक्रबारबाट देशब्यापी प्रदर्शनमा आएको छ । शुक्रबार बिहानै फिल्म युनिटले कमलपोखरी स्थित कुमारी सिनेमा हलमा प्रेस शो को आयोजना गर्यो । चलचित्र हेरेर निस्कीसकेपछि सबैले प्रशंशा गरेका छन् ।

सामाजिक बिषय वस्तुमा अधारीत कथामा बनेको चलचित्र रातोटीका निधारमा चलचित्रबाट निर्माता तथा निर्देशक अशोक शर्माले आफ्नै छोरा अंकीत शर्मालाई डेब्यु गराएका छन् ।

डेब्यु चलचित्रमा अभिनय मार्फत अंकित शर्माले सबैको मन जितेका छन् ।

चलचित्रमा मुख्य भुमिकामा रहेकी साम्राज्ञी राज्यलक्षमी शाहले आफुले गरेको भुमीका आफैलाई अप्ठेरो र लाज लागेको बताईन भने अंकितले सबैले राम्रो रेस्पोन्स दिएको बताए । चलचित्र रातोटीका निधारमाको प्रेस शोमा साम्राज्ञी अंकीत रबीन्द्र झा सहित चलचित्रका कलाकारहरुका सहभागिता रहेको थियो ।
चलचित्रमा साम्राज्ञी राज्यलक्षमी शाह बुद्धी तामाड , रबीन्द्र झा ,निता ढुंगाना हिउवाला गौतम अर्जुन श्रेष्ठ शिवहरी पौडैल खुश्वु खड्का ,लक्ष्मी गिरी ,बसुन्धरा भुषाल लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय