रातो टिका निधारमा’को लागि साम्राज्ञीले फ्यानसँग खुसि साटिन

२०७६ आश्विन ६, सोमबार ०६:५२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

अशोक शर्मा निर्देशित सिनेमा ‘रातो टिका निधारमा’ असोज १० गतेदेखि अलनेपाल रिलिज हुँदैछ । सिनेमामा साम्राज्ञीले मुख्य भूमिका निर्वाह गरेकी छन् । डिसिएन कार्यालय, कमलपोखरीमा साम्राज्ञीले फ्यानसँग खुसि साटिन ।

सिनेमाको लागि उत्साहित बनेका फ्यानले साम्राज्ञीसँग केक काट्दै शुभकामना दिएका हुन् । फ्यानसँग अन्तरक्रिया गर्न पाउँदा आफुलाई खुसि लागेको र सिनेमा रिलिज पछि पनि फ्यानको यस्तै माया पाउने आशा गरेको साम्राज्ञीले बताइन ।

वर्षको प्रतिक्षित सिनेमामा साम्राज्ञीसँग नव-अभिनेता अंकित शर्माले जोडी बाँधेका छन् । यस कार्यक्रममा साम्राज्ञीले आफ्ना फ्यानसँग अंकितको परिचय पनि गराईदिएकी पनि थिइन् । फ्यानसँगको परिचय पश्चात अंकितले मायाको लागि धन्यवाद व्यक्त गरेका थिए ।

। वैदेशिक रोजगारीको कथामा रविन्द्र झा, नीता ढुंगाना, खुस्बु खड्का, बुद्दि तामाङ, बसुन्धरा भुषाल, शिवहरि पौडेल, जयनन्द लामा, लक्ष्मी गिरी, अरुणा कार्की, राजराम पौडेल, कमला रेग्मीलगायतका कलाकारले पनि अभिनय गरेका छन् ।

ए.ए ग्रुप अफ कम्पनीजबाट निर्माण भएको सिनेमामा किरण शर्मा र कृति शर्माले लगानी गरेका छन् । सिनेमामा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत, बसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायाँकन, मित्र देव गुरुङको सम्पादन, राजेश शाहको भिएफएक्स छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय