‘माया पिरिम’को फर्स्ट लुक पोस्टर सार्बजनिक

२०७६ आश्विन ४, शनिबार ०५:३१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

चलचित्र ‘माया पिरिम’को फर्स्ट लुक पोस्टर सार्बजनिक गरिएको छ।

नामले नै माया पिरिमको कथा जस्तो लाग्ने चलचित्रले लव स्टोरी कथा बोल्नेछ। टेक पौरखी राईको निर्देशनमा बनेको चलचित्रको कथा सबिन अधिकारीले लेखेका हुन्।

प्रविन थापा र सबिन अधिकारीको निर्माणमा बनेको चलचित्रमा सागर बस्नेत र कोषराज दाहाल कार्यकारी निर्मातामा रहेका छन्। ‘माया पिरिम’ मा मोहन मरासैनी र युवराज दाहाल सह निर्मातामा रहेका छन् ।

कोशिश क्षेत्रि,सलोन बस्नेत,किरण चन्द,अन्जली अधिकारी,अर्जुन गुरुङ,कालु राना,जयनन्द लामा,अरुणा कार्की,अनुपमा भण्डारी,विशाल पहाडी,टेक पौरखी राई,सागर बस्नेत लगाएतका कलाकारको अभिनय रहेको छ। निरज कंडेलले छायांकन गरेको चलचित्रलाइ जीवन थापाले सम्पादन गरेका हुन् ।

चलचित्रमा श्री श्रेष्ठको द्वन्द,कोशिश क्षेत्रिको संगीत,शिशिर खातीको कोरियोग्राफी रहेको छ । चलचित्र आगामी मङ्सिर २० गतेबाट सार्बजनिक प्रदर्शनमा आउने छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय