असोज २४ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘छ माया छपक्कै’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, नायिकाद्धय केकी अधिकारी, सुपुष्पा भट्ट लगायत छन् ।
रोहित अधिकारीको निर्माण रहेको फिल्ममा कार्यकारी निर्माताको रुपमा केदार प्रसाद घिमिरे र जितु नेपाल रहेका छन् । फिल्मका सह-निर्मातामा ताराचन्द्र बजगाई निशान, सुमन गिरी भान्जा, केशव न्यौपाने, दिपेन्द्र खनिया, सुरज बम ठकुरी, रबिन डाँगी लगायत रहेका छन् ।
आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस्को संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा केकी अधिकारी, दिपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, केदार घिमिरे, सुपुष्पा भट्ट, बुद्धि तामाङ, रजनी गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा सल्लाहकार निर्देशकको रुपमा दीपाश्री निरौला रहेकी छिन् ।
निर्देशक लामाकै कथा रहेको फिल्ममा पटकथा दीपकराज गिरीको रहेको छ भने दीपकराज गिरीसंगै केदार प्रसाद घिमिरे, जितु नेपाल र अभिमन्यू निरवीको संवाद, रोशन श्रेष्ठको द्वन्द, हरी हुमागाईको डिओपी, कविराज गहतराजको कोरियोग्राफी, बिपिन मल्लको सम्पादन रहेको छ ।


