गायिका रेखा शाहको ‘बाटैमा रैछ घर तिम्रो सार्वजनिक

२०७६ आश्विन ३, शुक्रबार १७:०७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गायिका रेखा शाहले आफ्नो नयाँ गीत ‘बाटैमा रैछ घर तिम्रो…’ सार्वजनिक गरेकी छिन्। राजनराज शिवाकोटीको रचना तथा संगीत रहेको गीतमा उनलाई राजनराजले गायनमा ‘सिमसिमे पानीमा, ज्यानले बेइमान गर्छ कि जिन्दगानीमा’ बोलको गीतबाट संगीत क्षेत्रमा स्थापित साथ दिएका छन्।

गोविन्द राईको कोरियोग्राफी रहेको सो गीतमा नेपाली म्युजिक भिडियोमा अभिनयमार्फत तहल्का मच्चाइरहेकी मोडेल अन्जली अधिकारी र महेश खड्काको अभिनय रहेको छ। नितिन चन्दले निर्देशन गरेको  भिडियोलाई दिप्सन बस्नेतले छायांकन र सम्पादन गरेका हुन्।

१५ वर्षको उमेरमा ‘सिमसिमे पानीमा, ज्यानले बेइमान गर्छ कि जिन्दगानीमा..’ बोलको गीत गाएर रेडियो नेपालले आयोजना गरेको देशव्यापी लोकगीत प्रतियोगितामा प्रथम भएकी रेखा शाहले नेपाली संगीतमा २५ वर्ष बिताइसकेकी छिन्।

‘मैले धेरै गीतहरूमा टिपिकल नेपाली शब्दहरू प्रयोग गरें, जसलाई सबैले मन पराइदिनुभयो। यो गीतमा पनि ‘दन्तैमा रैछ मोहनी’ जस्ता शब्दको प्रयोग गरेको छु। आशा छ, यो गीत पनि सबैको प्रिय बन्नेछ ।’, राजनराज शिवाकोटी बताउँछन्।

यो गीत उनको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय