छायाँछबि क्रियसनले विभिन्न ३२ विधामा छैठौं छायाँछवि तीज म्यूजिक अवार्ड २०७६ प्रदान गरेको छ । बिहिबार दिउँसो काठमाडौंमा कलाकारहरुलाई दर खुवाउँदै यो अवार्ड प्रदान गरिएको हो ।
छैठौं छायाँछवि तीज म्यूजिक अवार्ड २०७६का अवसरमा करिव डेढ दशक देखि रंगपत्रकारिता गर्दै आएकी शारदा थापालाई नगद ६ हजार ६ रुपैया सहित छायाँछवि नारी रंग पत्रकारिता पुरस्कार प्रदान गरियो ।

३२ बिधामा अवार्ड प्रदान गरेको कार्यक्रममा बरिष्ठ अभिनेत्री त्रय बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, भुवन चन्द, निर्देशक दिपाश्री निरौला, बरिष्ठ लेखक÷निर्देशक मोहन निरौला, रोशनी के।सी, रेजिना उप्रेती लगायत अतिथि थिए ।

कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष शान्तिप्रियले कार्यक्रममाथि प्रकाश पार्दै तीजका अवसरमा सर्जकहरुलाई प्रोत्साहन मिलोस र तीजका गीत तथा त्यसका श्रष्टा सर्जकहरुले प्रोत्साहित हुने मौका पाउन भन्ने हेतुले कार्यक्रम आयोजना गरिएको बताए ।
छैठौं छायाँछवि तीज म्यूजिक अवार्ड २०७६ विजेताहरु यसप्रकास रहेका छन् ः–
उत्कृष्ट तीज दोहोरी मिक्सिङ
अर्जुन बिरही गंगा जमुना
उत्कृष्ट तीज गीत मिक्सिङ
सन्तोष पौडेल रे पटम भरर
उत्कृष्ट तीज दोहोरी गीत एरेञ्जर
समित परियार ढल्की ढल्की
उत्कृष्ट तीज गीत एरेञ्जर
योगेश काजी तीजैमा ब्रत बसी
उत्कृष्ट तीज दोहोरी गीत नव–गायक
चित्र अविरल श्रीपाली गंगा जमुना
उत्कृष्ट तीज दोहोरी गीत नव–गायिका
शशी पुन देशार फरीया
उत्कृष्ट तीज गीत नव–गायिका
मिना केसी घन्काइदे मादलु
उत्कृष्ट तीज दोहोरी गीत मोडल ९पुरुष०
निर्मल क्षेत्री रीडी दोभान
उत्कृष्ट तीज दोहोरी गीत मोडल ९महिला०
दीपाशा बी।सी स्याङ्जा जाने बाटैमा तनहुँ
उत्कृष्ट तीज गीत नव–मोडल
अपेक्षा सिंह गाउँ र शहर तीजको लहर
उत्कृष्ट तीज गीत मोडल
मञ्जीता के।सी। तीजको आयो लहर
उत्कृष्ट तीज गीत छायाँकार
मुकेश हुमागाई हातमा चुरा
उत्कृष्ट तीज गीत सम्पादक
प्रविण भट्ट माइतीको देश २
उत्कृष्ट तीज दोहोरी नृत्य निर्देशक
राजीव बलामी यसपाली तीजमा


