युरोपमा शुटीङ अलपत्र भएपछि सेल्फीमा रमाउदै फर्के लप्पन छप्पन 2 का कलाकार

२०७६ भाद्र ४, बुधबार १६:३१ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

मुकुन्द भट्टले निर्देशन गरीरहेको चलचित्र लप्पन छप्पन २ युनीट युरोपबाट फिर्ता आएको छ । लप्पन छप्पन २ को शुटीङका लागि कलाकार दयाहाङ राई ,अनुपबिक्रम शाही , सौगात मल्ल , अर्पण थापा ,नायिका सुर्बीना कार्की ,नम्रता श्रेष्ठ , निर्देशक मुकुन्द भट्ट द्धन्द निर्देशक हिमाल केसी सहित १७ जनाको जम्बो टोली बेल्जीयम पुगेको थियो ।

बेल्जीयममा चिजकुमार श्रेष्ठ र देवुसिंह निर्माता रहेका थिए तर उनै निर्माता र नेपालबाट जाने निर्देशक निर्माता बीचको समन्वय नमिल्दा शुटीङ हुननसकेको स्रोतले बताउंछ । नेपालबाट निर्देशक मुकुन्द भट्टले बेल्जीयममा रहेका निर्माताहरुसंग राम्रोसंग समन्वय नगरी भीसा प्राप्त गर्ने बित्तिकै बेल्जीयम उडेको र त्यहां शुटीङको लागि लोकेसन परमीसन र मुख्य क्यामेरा र क्यामेरामेननै नभएकोले शुटीङ हुन नसकेको बताईएको छ । लप्पन छप्पन २ मा क्यामेराको लागि पुरुषोत्तम प्रधान रहेका थिए उनी युरोप गएका थिएनन । शुटीङको लागि बेल्जीयम पुगेका द्धन्द निर्देशक हिमाल केसीले नेपाल फर्केपछि भने उनिहरुको आन्तरीक कारण पनि थाह भएन शुटीङ हुने खासै तालमेल देखिएन , अनि म १ हप्तामै फर्के ।

७ जनाको जम्बो टोलीको बेल्जीयम नेपाल अपएण्डडाउन हवाई टिकेटको लागि निर्माताले झन्डै १५ लाख खर्चेको र सो रकम फोकटमा गएको निर्माणका एक सदस्यले बताए । युरोपमा शुटीङको लागि पुगेका कलाकारहरु तथा टिमको लागि भने अवास तथा खानको राम्रो ब्यवस्था गरीदीएको निर्माण युनीटले बतायो । शुटी«ङका लागि पुगेका कलाकारहरु भने सेल्फीमै मस्त रहे ।
नेपालमा ३५ प्रतिशत छांयांकन गरीसकीएको चलचित्र लप्पनछप्पन २ को अष्ट्रेलीया र युरोपमा छांयाकन गरीने बताईएको थियो ।

पहिले अष्ट्रेलीयामा छांयाकन गर्ने भनीएको लप्पनछप्पन २ का सबै टिमलाई अष्ट्रेलीयन एम्बेसीले भीसा अस्विकार गरेपछि टिम युरोप लागेको थियो ,तर समन्वय राम्रो नहुंदा युरोप पुगेर केही मोन्टाज सर्टरु मात्र लिएर फेरि जानेगरी फर्किएको लप्पन छप्पन २ स्रोतले बताएको छ ।

मुकुन्द भट्टले निर्देशन गरेको लप्पन छप्पनले ब्यापारीक रुपमा खासै सफलता प्राप्त गरेको थिएन भने उनको पहिलो चलचित्र वारले पनि खासै चर्चा पाएको थिएन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय