जाईरा ’ को  ट्रेलर सार्वजनिक

२०७६ श्रावण २२, बुधबार ०८:१३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नम्रता श्रेष्ठ प्रोडक्सन,कटामरी फिल्मसको सहकार्यमा र ट्रेन्ड सेटर्स प्रालिको व्यानरमा निर्मित चलचित्र ‘जाईरा ’ को  ट्रेलर सार्वजनिक गरिएको छ ।

चलचित्रमा प्रनिता श्रेष्ठ निमाताको रुपमा रहेकी छन् भने, चलचित्रको कार्यकारी निर्माता प्रशन्न गोपाली हुन् । चलचित्रमानम्रता श्रेष्ठ, अनुपबिक्रम शाही, प्रमोद अग्रहरी, रेमनदास श्रेष्ठ, र नवकलाकार सृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरको अभिनय रहेको छ ।चलचित्रलाई डेब्यु निर्देशक आशुतोष राज श्रेष्ठले निर्देशन गरेका छन् ।

चलचित्रको पटकथा निर्देशक श्रेष्ठ र निरोज महर्जनको रहेको छ । छायाँकन बाबु श्रेष्ठले गरेका छन् । संगीत कल्याण सिंह, डिजे राजु र टम्ब्लीविडको रहेको छ । द्वन्द सम्राट बस्नेतको ,एक्सन कोरियोग्राफी राउल मोक्तान र मेघराज चेम्जोङले गरेका छन् । नृत्य निर्देशक गोबिन्द राई रहेका छन् ।

सम्पादन लोकेश बज्राचार्यले गरेकाछन् । सार्वजनिक ट्रेलरमा पति पत्नी बिचको माया ,पतिको मृत्यु पश्चात पत्नीले बदला लिने कथा बस्तु एक्सन, द्वन्द द्वारा देखाउने कोशिस गरिएको छ । यहाँ अनुप र नम्रता पति पत्नी र प्रमोद खलपात्र देखिएको छ ।

ट्रेलर हेर्दा यस चलचित्रका लागि नम्रता श्रेष्ठले निकै मेहनत गरेर आफु भित्र पात्र नै समाहित गर्ने कोशिस गरेकी छिन् ।नम्रता लगायत हरेक पात्रहरु जिवन्त देखिएका छन् ट्रेलरमा ।

चलचित्र ‘जाईरा ‘भदौ ६ गतेदेखि प्रदर्शन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय