उमेर खुलाउने पारिश्रमिक नखुलाउने स्वस्तिमा

२०७६ श्रावण २२, बुधबार ०५:०७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पछिल्लो समय अभिनेत्री स्वस्तिमा खड्काको चर्चा बढ्दो छ । ‘होस्टे रिटन्स’ डेब्यु अभिनेत्रीले आफ्नो कामले चर्चा बढाउँन सफल छिन् । पछिल्लो समय गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘बुलबुल’ बाट सार्क फिल्म फेस्टिभल र नेशनल फिल्म अवार्डमा वर्ष अभिनेत्रीको पुरस्कार पाएकी स्वस्तिमाको पारिश्रमिक कति त ? उमेर खुलाउने पारिश्रमिक नखुलाउने स्वस्तिमाले बताइन ।

उनि अभिनित पछिल्लो फिल्म ‘हजार जुनीसम्म’ को ट्रेलर सार्वजनिक कार्यक्रममा उनले भनिन् ‘२० लाख लिने कलाकारले ५० लाख कमाउन सक्नु पर्छ ।’

उनि थप्छिन् ‘२० लाख लिएको फिल्मले ५ लाख व्यापार गर्यो भने ? भोलि कसरी मुख देखाउने ?’ साथै , उनले पारिश्रमिक बताउने कलाकार हिम्मतलाई मान्छु भन्दै ‘साहसी’ को दिईन् ।

पछिल्लो समय फिल्मीक्षेत्रमा कलाकारले मोटो रकम लिएको चर्चा सधै नै आइरहेको छ । कलाकारको पारिश्रमिक कै कारण पूराना निर्माताहरुले फिल्म निर्माण गर्ने आट गर्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय