चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’मा समावेश ‘दुबो फुल्यो’ गीतको विवाद मिल्यो

२०७६ श्रावण १५, बुधबार ०५:४५ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

संगीतकार आलोकश्री र चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को गीत चोरी विवाद मिलेको छ । आलोकश्रीले संगीत भरेको ‘फोटो सिरानी’मा बोलको गीतसँग चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’मा समावेश ‘दुबो फुल्यो’ गीतको लय मिलेपछि विवाद उत्पन्न भएको थियो ।

गीत मिल्नुलाई ‘संयोग’ मात्र भनेर सहमती भएको छ । संगीतकार आलोकश्रीले पनि आफूले कुनै पनि रकमको डिमाण्ड नगरेको बताएका छन् । चलचित्रका निर्देशक रामबाबु गुरुङ, संगीतकार एसडी योगी र ‘फोटो सिरानी’का संगीतकार आलोकश्रीविच भएको वार्तामा यो सहमती भएको हो ।

नेपालमा पछिल्लो समयमा गीतको सानो अंश मात्र मिलेमा पनि मुद्दा मामालामा जाने क्रम बढेको छ । तर, आलोक श्री र ‘कबड्डी ३’को टिमले भने संयोग मात्र भनेर विवाद टुंग्याएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय