सहिमा श्रेष्ठको “हर हर महादेव” सार्बजनिक

२०७६ श्रावण १५, बुधबार ०५:२७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गायिका सहिमा श्रेष्ठको “हर हर महादेव” सार्बजनिक भएको छ ।

यो वर्षको हरितालिका तीज नजिकिदै गर्दा सहिमाले नयाँ तीज गीत बजारमा ल्याएकी छिन् ।  गीत मार्फत गायिका सहिमाले कयौं तीजमा ब्रत बस्दा पनि कोहि साथि नभेटिएको भन्दै यो वर्षको ब्रतले शिरमा सिंन्दुर भरिदिने कोहि आईदेउ भन्दै आग्रह गरेकी छिन् ।

शनिबार राजधानीमा एक भब्य कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको गीत गीतकार अमर वान्तुले लेखेका हुन् । सार्वजनिक गीतमा संगीतकार सन्तोष श्रेष्ठले संगीत दिएका छन् । गीतमा कृष्ण पुनको संगीत संयोजन रहेको छ ।

सार्वजनिक गीतमो म्यूजिक भिडियोमा अभिनेत्री नीता ढुङ्गानाका साथमा गायिका श्रेष्ठले अभिनय गरेका छन् । पवित्रा आचार्यले निर्देशन गरेको गीतको म्यूजिक भिडियोमा कोरियोग्राफी पनि पवित्राकै रहेको छ । रामकृष्ण कार्कीले निर्माण गरेको म्यूजिक भिडियो सम्पादन सुप्रिम पराजुलीले गरेका हुन्

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय