चलचित्र ‘सानो मन’को प्रिमियर

२०७६ असार ३१, मंगलवार ०५:३० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

चलचित्र ‘सानो मन’को प्रिमियरमा चलचित्रकर्मी, पत्रकार, सांगीतिक क्षेत्रका विभिन्न व्यक्तिहरु पुगेका थिए । चलचित्र हेरिसकेपछि अधिकांशले यसलाई राम्रो भनेका छन् ।

चलचित्रकर्मीले दिएको प्रतिक्रियाबाट आफू उत्साहित भएको निर्देशक सूयोग गुरुङले बताए । आफ्नो मिहिनेतको कदर भएको भन्दै उनी खुशी देखिएका थिए ।

नायिका शिल्पा मास्केले पनि निर्देशकको प्रशंसा गरिन् । उनले चलचित्र राम्रो बन्नुको सम्पूर्ण श्रेय निर्देशकलाई नै जाने बताइन् । नायक आयुष्मान देशराज जोशीले निर्देशकको आत्मविश्वासले नै यो चलचित्र बनेको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय