फिल्म ‘कीर्तिपुरः द लिजेन्ट अफ कीर्तिलक्ष्मी’ १३ असारबाट प्रदर्शनमा आउने भएको छ ।
तत्कालिन गोर्खाका राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणको दौरान अठारौं शताब्दीको पूर्वाद्र्धमा कीर्तिपुरमा गरेको आक्रमणको विषयबस्तुमा फिल्म ‘कीर्तिपुरः निर्माण भएको छ । फिल्ममा अभिनय गरेका कलाकार यशराजगराचले पृथ्वीनारायण शाहको भुमिका गरेका छन् । पृथ्वीनारायण शाहको आवाज कस्तो थियो भनेर थाहा नहुदा आवाज निकाल्न गार्हो भएको यशराजले बताए ।
प्रदीप खड्गीको निर्देशन रहेको फिल्म फोकस पिक्चर्सको ब्यानरमा निर्माण भएको हो ।
साहित्यकार बासु पासाद्वारा लिखित ‘भैरवसिंह’ नामक उपन्यासमा आधारित फिल्म ‘कीर्तिपुर’मा हिसिला महर्जन, यशराज गराच, मदनदास श्रेष्ठ, सुशिल राजोपाध्याय, लक्ष्मी गिरी, सूरवीर पण्डित लगायतको अभिनय रहेको छ ।


