द डार्क एण्ड लाईट फिल्म आगामी भदौ ६ गतेबाट

२०७६ असार २, सोमबार ०७:०५ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

खालीड मुभीज सिस्टर्स प्रालीको ब्यानरमा बनेको द डार्क एण्ड लाईट फिल्म आगामी भदौ ६ गतेबाट प्रदर्शन हुने भएको छ । पीटर खालीड र सरस्वती भुजेल निर्मित अभिनत फिल्म द डार्क एण्ड लाईट फिल्मले अंध्यारो बाट उज्यालोतर्फ कसरी अगाडि बढ्न भन्ने सन्देश दिन खोजीएको निर्माण पक्षको भनाई छ । फिल्मको निर्देशन पीटर आफैले गरेका हुन भने अभिनय पनि आफैले गरेका छन् । गायिका सरस्वती लामा र पीटरले पार्टनरसीपमा द डार्क एण्ड लाईट फिल्म निर्माण गरेपछि सरस्वतीले पारीवारीक झमेला ब्यहोर्नु पर्यो जसका कारण सर्वाधिक चर्चा भयो सरस्वती र पीटरको ।

चर्चाकै कारण मंसीरमा रिलिज गर्ने भनिएको फिल्म द डार्क एण्ड लाईट भदौ ६ मा रिलिज गर्ने निर्माण पक्षले बताएको छ । हाल फिल्मको पोष्टर सार्वजनिक गरीएको छ ।

सरस्वती लामा र पीटर खालीड संग गरीएको भीडीयो कुराकानी ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय