पूनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘मारुनी’को पहिलो गीत सार्वजनिक भएको छ ।
दिपक बज्रचार्यको स्वर तथा संगीत रहेको गीतमा रिक्की शाक्यको शब्द छ । सार्वजनिक गीत ‘जाम्न माया जाम’लाई क्लबमा छायांकन गरिएको छ । गीतको भिडियोमा नायक पुष्प र नायिका साम्राज्ञीको साथमा सय बढी कोरस फिचर्ड छन् । गीतको भिडियोलाई प्रविण सिंहले कोरियोग्राफी गरेका हुन् ।
कार्यक्रममा निर्देशक नवल नेपाल, निर्मात्री पूनम गौतम, नायक पुष्प खड्का, नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र रेबिका गुरुङ, गीतका गायक दिपक बज्रचार्य, छायांकार सन्जय लामा लगायत उपस्थित थिए ।
चलचित्र भदौको १३ गतेबाट रिलिज हुँदैछ । ‘मारुनी’ले दर्शकको मुटु छुने निर्देशक नवल नेपालको दाबी छ ।


