धुर्मुस सुन्तलीले निर्माण गरिरहेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला स्थानीयले भत्काए

२०७६ जेष्ठ १५, बुधबार १७:१६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

धुर्मुस सुन्तलीले निर्माण गरिरहेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला स्थानीयले भत्काएका छन्। बुधबार बिहान रंगशालाको बार र संरचना भत्काइएको बताइएको छ। उक्त रंगशाला कलाकारद्वय सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले निर्माण गरिरहेका हुन।

रामपुर कृषि क्याम्पसका लागि अधिग्रहण गरेको जग्गामा क्रिकेट रंगशाला निर्माण गर्न थालेपछि विवाद भएको थियो। केही स्थानीयले रंगशालाको बार र निर्माण गरेको भौतिक संरचना भत्काएको प्रहरीले पुष्टि गरेको छ।

बार भत्काउने केही व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूले किन भत्काए भन्ने स्पष्ट भइनसकेको प्रहरीले जनाएको छ। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको छ।

रंगशाला भत्काएपछी धुर्मुस बिदेशमा बसेका नेपालीको पसिना माथि डोजर चलायो भन्दै मिडियामा आएका छन् । राजनीतिका आडमा आएर बिहानै रंगशाला भत्काएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय