‘पासवर्ड’को प्र दर्शन मिति भाद्र २७ गते

२०७६ जेष्ठ १५, बुधबार १७:१० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सन्नी लियोनीले अभिनय गरेको नेपाली सिनेमा ‘पासवर्ड’को प्रदर्शन मिति आगामी भाद्र २७ गते फाइनल गरिएको छ ।

सिनेमालाई थुप्रै सिनेमामा द्धन्द्व निर्देशकको रुपमा काम गरिसकेका सम्राट बस्नेतले निर्देशक गरेका हुन् ।  सिनेमाको कथा, पटकथा तथा संवाद स्वयंम निर्देशक बस्नेतले तयार पारेका हुन् ।

सिनेमाको बजेट अत्याधिक भएका कारण पनि राम्रो डेट हेरेर सिनेमाको प्रदर्शन मिति पक्का गरिएको निर्माण टिमको भनाई छ ।

सिनेमामा बिक्रम जोशी ९विक्की०, सन्नी लियोनी, अनुपबिक्रम शाहि, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, धिरेन शाक्य, विक्रान्त बस्नेत, प्रविण खतिवडा, लिशा सुनार, परी राना लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ ।

यो सिनेमामा बलिउड अभिनेत्री सन्नी लियोनीले एक गीत र केही सिनमा अभिनय गरेकी छिन् । सन्नी लियोनीले अभिनय गरेको गीतको भिडियोलाई बलिउडका चर्चित कोरियोग्राफर विष्णु देभाले निर्देशन गरेका हुन् ।

विष्णुदेभा उनै कोरियोग्राफर हुन् जसले सलमान खान देखि शाहरुख खान, अक्षयकुमार जस्ता बलिउडका स्टार कलाकारका सिनेमाहरुमा नृत्य निर्देशनको रुपमा काम गरिसकेका छन् ।  सिनेमालाई हिरल जोशी र अमित बस्नेतले मिलेर निर्माण गरेका हुन् । अकिंत गौतम कार्यकारी निर्माता रहेको सिनेमामा अजित के थापा सहनिर्माताको रुपमा रहेका छन् । एक्सन, कमेडी, थ्रिलर जनरामा निर्माण भएको सिनेमालाई सौरभ लामाले छायाँकन गरेका हुन् । अर्जु जिसीले सम्पादन गरेको सिनेमाको पहिलो गीत आगामी जेष्ठ २० गते रिलिज गरिने निर्माण टिमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय