गलबन्दी च्यातीयो तिम्माले तानेर यतिबेला सबैको मुखमा झुन्डीसकेको छ ।
युट्युवमा रिलिज भएको केही समयभित्रै यो गित यतिबेला ट्रेन्डीङमा छ । प्रकाश सपुत र शान्तीश्री परियारको स्वर रहेको गितको भीडीयो रोधीघरको शैलीमा निर्माण गरीएको छ । जुन भिडियोले सबैको मन जितेको छ ।

शब्द ,संगित र भिडियो निर्देशन र अभिनय समेत आफैले गरेका प्रकाश सपुतलाई अञ्जली अधिकारीले अभिनयमा साथ दिएकी छिन् । गायक प्रकाश सपुतका यस अघिका ब्याटल वान र टु सहित बोल माया लगायत दर्जनौं गित तथा भिडियोहरु लोकप्रीय छन् ।
गलबन्दी रिलिज भएको दुई दिनमै १७ लाख बढी ले भिडियो हेरीसकेका छन् ।


