सुस्मा राईको ‘सुन माया’ गीत तथा भिडियो

२०७६ जेष्ठ १४, मंगलवार १२:३९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गायिका तथा सञ्चारकर्मी सुस्मा राईको नयाँ गीत तथा भिडियो ‘सुन माया’ बजारमा आएको छ ।

‘सुन माया’को भिडियोमा   आफै देखा परेकी सुस्माले दोस्रो गीतलाई पनि दर्शक श्रोताले मन पराउने विश्वास लिएको बताइन् । आफ्नै शब्द र स्वर रहेको उक्त गीतमा कल्यान सिंहले संगित भरेका छन् भने दिनेश श्रेष्ठले एरेन्ज गरेका छन् ।

कमेडी शैलीको ‘सुन माया’को भिडियो ओएसआर डिजिटलले निर्माण गरेको हो ।

ईमेज एफएमकी कार्यक्रम प्रस्तोता राई केही समय पहिले बजारमा आएको ‘नबाडन’बाट गायन क्षेत्रमा प्रवेश गरेकी हुन् ।पहिलो गीतबाट राम्रो प्रशंसा बटुल्न सफल सुस्माले आफ्नो दोस्रो गीत ‘सुन माया’ भर्खरै बजारमा ल्याएकी छिन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय