दिपकराज गिरी र दिपाश्री निरौलाको फिल्म ‘छ माया छपक्कै’को छायांकन सुरु भएको छ ।
आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस्को संयुक्त ब्यानरमा निर्माण हुन लागेको छ । फिल्मका निर्माता रोहित अधिकारीर निर्देशक दिपेन्द्र लामाले सामाजिक सञ्जाल मार्फत छांयानकन सुरु गरेको जानकारी दिएका छन् ।

दिपेन्द्र लामाले निर्देशन गर्न लागेको फिल्ममा दिपकराज गिरी, केकी अधिकारी, दिपाश्री निरौला, जितु नेपाल र केदार घिमिरे लगायत कलाकारको अभिनय रहने छ । यो फिल्ममा केकी र दिपक जोडीको रुपमा प्रस्तुत हुँदैछन् ।
फिल्ममा ४० वर्ष उमेर अन्तरालको प्रेम कथा देखाइने छ ।


