शारदा थापा
महसंञ्चारको हरेक प्रस्तुती संसारभर रहेका नेपालीहरु माझ लोकप्रीय छन् । मदनकृष्ण श्रेष्ठ र हरीबंश आचार्यको सहयात्रा ४० बर्ष पुगीसकेको छ । मह जोडीले प्रस्तुत गरेको स्टेज प्रहसन होस या टेलीसीरीयल वा फिल्म सबै लोकप्रीय र चर्चागर्न लायक बनिदिन्छन् ।
आफ्नै जीवनमा आरोह अवरोह पीडा ब्यथा सबै सहेर आम दर्शकको माझ मनोरञ्जनको खुराक पस्कीरहेका महजोडीको केही नया“ प्रस्तुती आउंदैछ भनेपछि दर्शकहरु उत्साहित नहुने कुरै भएन । यसपटक महसंञ्चारको प्रस्तुतीमा बनेको दालभाततरकारी फिल्म शुक्रबारबाट हलमा लागीरहेको छ ।
तर प्रदर्शनभैरहेको फिल्म दालभाततरकारी हेरपछि अधिकांश दर्शक तथा चलचित्र समिक्षकले आलोचना बढी गरीरहेका छन् । जसका कारण लेजेण्ड हरीबंश आचार्यले लेखेको कथा पटकथा र अभिनयरहेको दालभाततरकारीमा ढुगां लागेको छ । वेस्वादको दालभात तरकारी , नुनै छैन लगाएतका कुराहरु आईरहेको छ ।

कलाकार किरण केसी निर्माता रहेको फिल्म दालभाततरकारीलाई किरण केसीकै छोरा सुदन केसीले निर्देशन गरेका हुन उनको डेब्यु निर्देशन रहेको दालभाततरकारी कसैलाई मिठो नलाग्दा यतिबेला निर्माण टिमलेभने आफ्नो बचाउमा अभिब्यक्ति दीरहेका छन् ।
सिनेमा हलबाट दर्शकहरु बाहिर निक्लेपछि अब हरिबंश र मदनकृष्ण जस्तो मान्छेबाट त यस्तो अरुबाट के आश , यस्तो झुर फिल्म हेर्न आइएछ के के न छ भनेर हेर्न आको त भन्ने जस्ता मिश्रित प्रतीक्रिया आईरहेको छ ।
सबैले सम्मान गरेको बरिष्ठ कलाकार हरिबंश आचार्य र मदनकृष्ण श्रेष्ठले निर्माण तथा अभिनय गरेको दालभाततरकारीको सर्वत्र आलोचना हुदा कलाकार तथा निर्माता किरण केसीले
समिक्षकप्रति आक्रोश पोखे तर फिल्म राम्रो छ भने समिक्षकले लेखेर खासै असर गर्दैन ।
धेरै त्यस्ता फिल्म छन् नराम्रो समिक्षा भएको तर दर्शकले वाउ भनेको । दालभाततरकारीमा त हलबाट बाहिर निक्लने बित्तिकै दर्शकलेनै नराम्रोभन्दै निक्लीए ।
के छ त दालभातरकारीमा
महसंञ्चारद्धार प्रस्तुत चलचित्र दालभाततरकारीको जब भिजिटभिसामा बोलको गित रिलिज भयो तब हाइप मज्जाले बन्यो ,फिल्मको प्रतिक्षामा सबै रहे । अमेरीका जाने पारीवारीक मोह र दलालले पैसा लुटेर घरबारै बर्बाद बनाईदिने ज्वलन्त नेपालको ब्यथानै दालभाततरकारीको सार हो जुन समय सान्दर्भीक बिषय छ ।
तर प्रस्तुतीकरण अत्यन्तै फितलो छ । केही हांस्य रसले भरीएका हरिबंश आचार्यको पात्रले बोलेको संवादले हंसाउंछ अन्य पाटोमा भने चलचित्रको प्रस्तुतीकरणको खिल्ली उडाउदै हांस्नु शिवाय अरु उपाय छैन । हामीले रंगमञ्चकै शैलीमा फिल्मलाई उतार्न खोजेको भनेर कथा पटकथा तथा लिड क्यारेक्टर हरीबंशले बचाउ गरेका छन् ।
एउटै सिन आधा घण्टा एकै ठांउमा श्रीमान श्रीमतीको झगडा अस्वाभाविक लाग्छ , त्यसमा पनि ससुरा बनेर छोरी ज्वाईको घरमा पुगेका पात्र राजाराम पौडेलले बोलेको केही संवादले हंसाएपनि दृश्य स्वभाविक लाग्दैन बाबु कमेडी गरेर बस्ने दृश्यले ओभर डा«मा झै लाग्छ ।

नायिका निरुताले बोलेको संवाद लाउड छ जसकाकारण हलमै दर्शक कान थुन्न बाध्य हुन्छन् । एकातिर नायिका प्रीयंका कार्कीलाई जसरीनी फिल्ममा राख्नुपर्छ भन्ने उदेश्य झै लाग्छ ,जहा प्रीयंका कार्कीले नाचेको एन्टीबायोटीक्स अर्थनबर्थसंग आउदा । धैरै कुरामा दालभाततरकारी खल्लो लाग्छ ।
कमेडीमा जेपनि बिक्छ ब्राण्डले जे गरे पनि चल्छ भन्ने दिन अब सकिएको छ । शायद महसंञ्चारको प्रस्तुती नभै अरुकसैको भैदीएको भए यति चर्चा हुदैनथ्योहोला जे गर्नु ब्राण्डले गर्यो । यसरी बरिष्ठ कलाकार हरिबंशलाई र उनको टिमलाई दालभाततरकारीमा ढुगा लागेको छ ।


