नायिका आ“चल शर्माको अभिनय रहेको फिल्म जब प्रदर्शनको तयारीमा रहन्छ तब उनको चर्चा हुन थाल्छ ।
उनले अभिनय गरेको फिल्मको संख्या गन्ने हो भने आधादर्जन पनि छैन , र उनले अभिनय गरेको ब्ल्याक फिल्म बाहेका अचल अन्य फिल्ममा उनको गेष्ट रोलभन्दा पनि फरक पर्देन किनकी उनको संवाद र सीन धेरै कम रहेको छ ।
भलै म्युजिक भिडियोमा भने जमेकी छन् । जब आ“चल शर्माले अभिनय गरेको रिलिज समय तय हुन्छ तब उनि आफ्नै भनाईकै कारण कन्ट्रोभर्सीमा आउंछीन ।
उनलाई नजिकबाट नियालीरहेका शुभचिन्तक तथा सहकर्मीहरुलेनै आ“चलको भनाईप्रति ओठ लेप्राउंछन् ।
उनी आफुलाई नेपालकै नम्बर १ नायिका झै अभिब्यक्ति दीईरहन्छीन भने मिडिया पनि छानेर अन्ततवार्ता दिने कुरा गर्दा झनै विवादमा आएकी छन् ।
मिडिया छानेर अन्तवार्ता दिंदा उनैलाई थाहा हुदैन की कुन मिडिया कस्तो र मिडियामा सोधीएका प्रश्नको उत्तर को कसरी सामाना गर्ने भनेर ।
अब कुरा रिलिज भैरहेको दालभात तरकारीको जुन फिल्ममा उनको खासै नोटीस हुने रोल देखिंदैन तर प्रमोशनमा आ“चल शर्मा बाहेक कोही छैन भनेझै गरी छाईरहेकी थिईन ,यो विडम्बना उनको शत्रुगतेमा पनि थियो भने ब्लयाकमा सोलो अभिनय गरेपनि फिल्मनै नचलेपछि उनको चर्चा खासै भएन । यतिबेला फिल्म रिलिज अघि आंचलको चुमचुम मात्रै देखिएको छ ।


