चलचित्र निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलले बिहे गरेको केही बर्ष भएको र उनीहरु अहिले एकसाथ रहँदै आएको चर्चा चलेको लामो समय भैसकेको छ ।
तर, निर्माता छविराज ओझाले आफ्नो फेसबुकमा लेखेको स्टाटसले भने उनीहरुले नयाँ जीवन सुरु गरेको वुझ्न सकिन्छ । छविले स्टाटसमा लेखेका छन्–‘मेरो जीन्दगीको सुरुवात तिमीसँगै हुन्छ र म चाहन्छु यसको अन्त्य पनि तिमीसँग नै होस् । यदि, कोही यो कुरामा केही भन्न चाहन्छ भने अब म त्यो कुरा सुन्ने पक्षमा छैन ।’
अझै पनि यी दुइले बिहेको कुरालाई भने गोप्य नै राखेका छन् ।



