आमा पुनः फिल्म निर्माण हुने

२०७६ बैशाख २४, मंगलवार ०९:४८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

आमा पुनः फिल्म निर्माण हुने भएको छ । मंगलबार राजधानीमा आयोजित प्रेसमिटमा डीएस डिजिटल ब्यानरले फिल्म आमा निर्माण गर्ने जनाइयो ।

‘ दीपेन्द्र के खनालले फिल्म निर्देशन गर्ने भएका छन् । सूर्यमाला खनालले आमाको भूमिकामा अभिनय गर्नेछिन् भने सुरक्षा पन्त छोरीको रुपमा ।

मनिष निरौला, देशभक्त खनाल, सरिता गिरी, अशान्त शर्मा, ज्याक श्रेष्ठ, पदम बुढालाई अन्य कास्टको रुपमा चिनाइयो । फिल्म छायांकन, निर्देशक र पटकथा लेखक स्वयम खनाल हुन् ।

फिल्मले फागुन ९ गतेलाई रिलिज मितिको रुपमा तय गरेको छ । असार दोस्रो सातादेखि छायांकनमा जाने फिल्मलाई काठमाण्डू र रामेछापमा सुट गरिने भएको छ ।

गीतकारको रुपमा भूपेन्द्र खड्का अनुबन्धित भएका छन् ।  ५५ वर्षअघि हीरासिंह खत्रीले फिल्म आमा निर्देशन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय