शनिबार राजधानीमा ‘इएनआई डि सिने अवार्ड २०७६’ सम्पन्न भएको छ । एघारौं ’डि सिने अवार्ड २०७६’ मा पछिल्लो वर्षको दशैंमा प्रदर्शनमा आएको सुपरहिट सिनेमा ‘छक्का पञ्जा ३’ ले सर्वाधिक ८ विधामा अवार्ड जितेको छ ।
‘छक्का पञ्जा ३’ले उत्कृष्ट सिनेमा, उत्कृष्ट गायक, उत्कृष्ट गायिका, उत्कृष्ट लोक संगीत, उत्कृष्ट हास्यकलाकार, उत्कृष्ट चरित्र अभिनेत्री, उत्कृष्ट सम्पादन र उत्कृष्ट निर्देशकको अवार्ड आफ्नो पोल्टामा पारेको हो ।

उत्कृष्ट निर्देशकको अवार्ड थाप्न निर्देशक दीपाश्री निरौला स्टेज चढेकी थिइन् ।यस्तै नयाँ वर्ष २०७६ को अवसर पारेर चैत्र २९ गतेबाट प्रदर्शनमा आएको सिनेमा ’यात्रा’ ले पनि क्रिटिक्स अवार्डसहित ६ विधामा अवार्ड जितेको थियो ।

सिनेमाले उत्कृष्ट द्वन्द्व निर्देशक, उत्कृष्ट पटकथा, उत्कृष्ट नव(निर्देशक, उत्कृष्ट सह(अभिनेता, उत्कृष्ट अभिनेता, अवार्ड प्राप्त गरेको हो । डि सिने अवार्डमा ’यात्रा’ बाट सलिनमान बनियाले उत्कृष्ट अभिनेताको अवार्ड उचाल्दा मंसिरमा प्रदर्शनमा आएको सिनेमा ’प्रसाद’ बाट नम्रता श्रेष्ठले उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारिन् ।

उक्त अवार्ड कार्यक्रममा बरिष्ठ अभिनेता नीर शाहलाई छायाँछवि लाइफटाइम लिजेण्ड्री अवार्ड, गायिका देवीका बन्दना र निर्देशक शोभित बस्नेतलाई छायाँछवि सिनेमाकर्मी रजत सम्मान प्रदान गर्नुका साथै पत्रकार अनन्त वाग्लेलाई छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार पनि प्रदान गरिएको थियो ।
अवार्ड विजेताहरुको पूर्ण सूची
१। उत्कृष्ट पाश्र्वसंगीत
जैशन कुँवर र प्रवेश मल्लिक – भोर
२। उत्कृष्ट साउण्ड डिजाइन
मुकेश शाह – डमरुको डण्डीवियो
३। उत्कृष्ट गीतकार
राजेश श्रेष्ठ – फूल होइन ९रोज०
४। उत्कृष्ट गायिका
विन्दु परियार – पहिलो नम्बरमा ९छक्का पञ्जा –३०
५। उत्कृष्ट गायक
डेविड शंकर – पहिलो नम्बरमा ९छक्का पञ्जा –३०
६। उत्कृष्ट चलचित्र लोक संगीत संगीतकार
दिपक शर्मा – पहिलो नम्बरमा ९छक्का पञ्जा –३०
७। उत्कृष्ट संगीतकार
एलिस कार्की – फूल होइन माया ९रोज०
८। उत्कृष्ट चलचित्र लोकगीत नृत्य निर्देशक
बसन्त श्रेष्ठ – उम्लियो भने ९जय भोले०
९। उत्कृष्ट नृत्य निर्देशक
कविराज गहतराज – तिम्रो लागि ९राम काहानी०
१०। उत्कृष्ट द्वन्द्व निर्देशक
हिमाल के।सी। – यात्रा स् अ म्यूजिकल भ्लग
११। उत्कृष्ट बालकलाकार
एञ्जल राई – हैरान
१२। उत्कृष्ट हाँस्य कलाकार
केदार घिमिरे – छक्का पञ्जा –३
१३। उत्कृष्ट खलपात्र
माओत्से गुरुङ्ग – चङ्गा चेट
१४। उत्कृष्ट कथा
दिपेन्द्र लामा – गोपी
१५। उत्कृष्ट पटकथा
यात्रा स् अ म्यूजिकल भ्लग – सम्राट शाक्य
१६। उत्कृष्ट संवाद
शुशिल पौड्याल – प्रसाद
१७। नव(नायिका
सुहाना थापा – ए मेरो हजुर –३
१८। उत्कृष्ट नव(नायक
घिरज मगर – इन्टु मिन्टु लण्डनमा
१९। उत्कृष्ट नव(निर्देशक
सम्राट शाक्य – यात्रा स् अ म्यूजिकल भ्लग
२०। उत्कृष्ट चरित्र(अभिनेत्री
लक्ष्मी गिरी – छक्का पञ्जा –३
२१। उत्कृष्ट चरित्र(अभिनेता
सरोज खनाल – क्याप्टेन
२२। उत्कृष्ट सह–अभिनेत्री
नम्रता सापकोटा – समर लभ
२३। उत्कृष्ट सह–अभिनेता
सलोन बस्नेत – यात्रा स् अ म्यूजिकल भ्लग
२४। उत्कृष्ट छायाँकार
सञ्जय लामा – ए मेरो हजुर –३
२५। उत्कृष्ट सम्पादक
विपिन मल्ल – छक्का पञ्जा –३
२६। उत्कृष्ट अभिनेत्री
नम्रता श्रेष्ठ – प्रसाद
२७। उत्कृष्ट अभिनेता
सलिनमान बनिया – यात्रा स् अ म्यूजिकल भ्लग
२८। उत्कृष्ट निर्देशक
दिपाश्री निरौला – छक्का पञ्जा –३
२९। उत्कृष्ट पपुलर चलचित्र
ए मेरो हजुर –३ – सुहाना इन्टरटेनमेन्ट
३०। उत्कृष्ट चलचित्र
छक्का पञ्जा –३ – आमा सरस्वती मुभिज
क्रिटिक्स अवार्ड स् यात्रा
जुरी अवार्ड स् डमरुको डण्डीवियो
इनकरेजमेन्ट अवार्ड स् सुकुलगुण्डा


