पल शाह, वर्षा सिवाकोटी र नाजिर हुसेन स्टारर सिनेमा ‘विर विक्रम २’ निर्माण टिम देश दौडाहमा छ । आगामी जेठ ३ गतेबाट रिलिज हुन लागेको सिनेमा ‘विर विक्रम २’को निर्माण टिमले शुक्रबार पोखरा र शनिबार चितवनमा कन्सर्ट सम्पन्न गरेको छ । पोखरा र चितवनमा कन्सर्ट सकेर आइतबार सिनेमाको निर्माण आइतबार काठमाण्डौ फर्किएको छ ।
पोखरा र चितवनमा आयोजित कन्सर्टमा सिनेमाका मुख्य कलाकारहरु पल शाह, बर्षा सिवाकोटी, नाजिर हुसेन, बुद्दी तामाङ, बाल कलाकार मनिष, गायक दिपक लिम्बुको सहभागीता रहेको थियो ।
पोखरा र चितवनमा आयोजित कन्सर्टमा सिनेमाका मुख्य कलाकारहरुले ‘पिरतीको मिठो तिर्सना’ बोलको गीतमा नृत्य गरेका थिए । मोफसलका दुई सहरमा निमार्ण टिमले कन्सर्ट का साथै पत्रकार भेटघाट कार्यक्रको समेत आयोजना गरेको थियो ।
प्रचारात्मक कन्सर्टमा दर्शकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।



