‘छक्का पञ्जा’ टिमको नयाँ फिल्म ‘छ माया छपक्कै’ को औपचारिक रुपमा निर्माण घोषणा गरिएको छ । काठमाडौंको कालिमाटीमा रहेको नेपालको पाँच तारे होटल सोल्टीमा एक कार्यक्रमका बीच निर्माण टिमले फिल्मको नाटक शैलीमा घोषणा गर्यो ।
‘घामपानी’ र ‘गोपी’ फेम्ड निर्देशक दीपेन्द्र लामाको निर्देशनमा बन्ने फिल्मको घोषणा सभामा अभिनेत्री केकी अधिकारी, कलाकार त्रय दीपकराज गिरी, केदार घिमिरे र जितु नेपालले रमाइलो प्रहसन प्रस्तुत गरेका थिए । प्रहसनमार्फत् फिल्मको मुल कथा प्रट्याइएको थियो ।
दीपाश्री निरौला निर्देशन सल्लाहकार रहेको फिल्ममा केकी र दीपकराजको जोडी बाँधिएको छ । केदार र जितुको पनि प्रमुख भूमिका रहनेछ । बाँकी कलाकार केही दिनमा छनोट हुने निर्देशक लामाले जानकारी दिए । आमा सरस्वती मुभिज, रोहित अधिकारी फिल्मस् र आइएमईको प्रस्तुतीमा निर्माण हुने फिल्ममा रोहित अधिकारीको एकल लगानी रहनेछ ।

निर्माता अधिकारीको लगानी सुरक्षित भएपछि दीपकराजको टिमले मुनाफाको ५० प्रतिशत लैजाने सर्त छ । जेठ पहिलो साताबाट छायांकन सुरु हुने फिल्मलाई हरि हुमागाइँले खिच्नेछन् । रोशन श्रेष्ठको द्वन्द्व रहने फिल्ममा दीपक शर्माको संगीत छ । फिल्मका गीतमा कविराज गहतराजको कोरियोग्राफी रहनेछ । सम्पादनको जिम्मेवारी विपिन मल्लको काँधमा आएको छ ।
निर्देशक लामाको कथा रहेको फिल्मको पटकथा दीपकराजको हो । संवादमा भने दीपकलाई केदार, जितु र अभिमन्यू निरबीले सघाएका छन् । जितु र केदार फिल्मका कार्यकारी निर्माता हुन् ।
निर्देशक लामा भन्छन्, ‘यो बिल्कुलै फरक कथामा बन्न लागेको फिल्म हो । मेरो कन्सेप्टलाई दीपकराज गिरीको टिमले पटकथामा ढाल्नुभएको हो । उहाँहरुले तयार गर्नुभएको स्क्रिप्ट मसँगै पूरा टिमलाई मनपर्यो ।
अभिनेत्री केकी अधिकारीले फिल्म क्षेत्रलाई हाकेको टिमसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताइन् । भूमिका चित्त बुझेका कारण काम गर्न राजी भएको उनको भनाई छ । दीपकराजले फिल्मको पटकथा लेख्ने क्रममा नै ‘यो क्यारेक्टरमा केकी सुहाउँछ’ भन्ने आफूले सोचेको बताए


