स्वास्थ्यका कारण फिल्म हेल्लो जिन्दगी छोडीन् नायिका श्वेताले

२०७६ बैशाख १७, मंगलवार १४:१६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नायिका श्वेता खड्काको गर्धनमा ट्युमर देखिएपछि भारतमा शल्याक्रिया भएको छ । उनले सोमवार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै भारतमा सफल शल्याक्रिया भएको जानकारी दिएकी छन् । आफूसँग जिन्दगीले दोस्रो पटक खेल खेलेको बताउँदै शल्याक्रियापछि आफूले दोस्रो जीवन पाएको उनले स्टाटसमा लेखेकी छन् ।
दिल्लीस्थित बिएलके अस्पतालमा सुरेन्द्र कुमार दवासले अभिनेत्री श्वेताको सफल शल्याक्रिया गरेका हुन् । उनी केही दिनमा नेपाल फर्किने बताइएको छ । उनले आफ्नो स्वास्थ्यका कारण फिल्म हेल्लो जिन्दगी गर्न नसकेको पनि स्टाटसमार्फत् जानकारी गराएकी छन् । केही दिन अगाडि मात्र उनी यो फिल्मका लागि लन्डन उडेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय