‘बीर विक्रम २’ को ट्रेलर सार्वजनिक भएको छ । बिहीवार राजधानीमा सार्वजनिक गरिएको ट्रेलरमा प्रेम, रोमान्स, द्वन्द्व, मित्रता, कमेडी, बदला सबै समेटिएको छ ।
मिलन चाम्स निर्देशित फिल्मको यसअघि सार्वजनिक दुई गीत ‘पिरतीको मिठो तिर्सना’ को रिमेक भर्सन र ‘वाचा’ ले राम्रो हाइप निर्माण गरिसकेका छन् । यो फिल्म करीब ३ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘बीर विक्रम’ को सिक्वेल हो । तर, निर्देशक तथा निर्माता चाम्स फरक कथावस्तुमा निर्माण भएका कारण सिक्वेल नभएको बताउँछन् । फिल्म जेठ ३ गते प्रदर्शनमा आउँदैछ ।
‘बीर विक्रम २’ का छायाँकार सुदीप बराल हुन् । उनले निर्देशक चाम्सका हरेक फिल्म खिच्दै आइरहेका छन् । अर्पण सापकोटा निर्माता रहेको फिल्ममा देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बुलगायतका कलाकारहरुको अभिनय छ । हिमाल केसीको द्वन्द्व रहेको फिल्मको कथा प्रदीप भारद्धाजले लेखेका हुन् ।


