‘प्रेमगीत’ ३’ को प्रदर्शन मिति घोषणा गरिएको छ । फिल्मको प्रदर्शन मिति यस वर्षको चैत २८ गतेलाई लक गरिएको छ । प्रदर्शन मितिसँगै निर्माण टिमले फस्टलुक पोस्टर पनि सार्वजनिक गरेको छ । प्रेमगीत ३’ मा सन्तोष सेन निर्देशकको रुपमा भित्रिएका छन् ।
उनीसँगै फिल्मलाई निर्देशक छेतन गुरुङले पनि निर्देशन गर्दैछन् । यसको कथा छेतनकै हो ।
फिल्मको कथा २ सय वर्ष पुरानो रहेको बताइएको छ । फिल्मलाई ‘निषेध गरिएको प्रेमकथा’ भनिएको छ ।


