वैशाखको २० बाट रिलिज हुन लागेको चलचित्र ‘दाल भात तरकारी’को टिमले देशभरका १० शहरमा आफ्नो कन्सर्ट सम्पन्न गरेको छ । देशैभर आयोजित कन्सर्टमा दर्शकको उल्लेख्य सहभागीता थियो ।
विर्तामोडबाट सुरु भएको कन्सर्ट काठमाण्डौमा आएर सम्पन्न भएको छ । गंगबुमा आयोजित कन्सर्टमा चलचित्रका मुख्य कलाकारहरु हरिवंश आचार्य, नायक पुष्पल खड्का, नायिका आँचल शर्मा, कलाकार तथा निर्माता किरण केसी लगायत सहभागी थिए ।

दालभात तरकारीको गित भिजिट भिसामा र तरकारीमा मुला चर्चामा छ ।
सुदन केसीको निर्देशनमा तयार भएको यो चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, बर्षा राउत, पुष्पल खड्का, आँचल शर्मा, किरण केसी, शिवहरि पौडेल लगायतका कलाकारको मुख्य भूमिका छ ।


