नायक विराज भट्टले माफी मागे

२०७६ बैशाख ११, बुधबार १४:३३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नायक विराज भट्टले प्राविधिक शंकर पाण्डेसँग माफी मागेका छन् । सोमबार बेलुकी विराजले प्राविधिक पाण्डेमाथि हात हालेका थिए ।  पाण्डेले पनि भट्टमाथि हातपात गरेका थिए । तर, पहिले हात छाडेका कारण विराजले पाण्डेसँग माफी मागेका हुन् ।

चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले सहमतीमै कुरा टुंगिएको बताए ।

, विराजको चलचित्रमा पाण्डेले निर्माण नियन्त्रणको रुपमा काम नगर्ने भएका छन् । पाण्डेले पनि भट्टलाई पारिश्रमिकको संझौतामा दिएको पेश्की रकम फिर्ता गर्नु नपर्ने भएको छ ।

विराजले निर्माण तथा निर्देशन गर्न लागेको चलचित्र ‘साङ्लो’को बिषयलाई लिएर सोमबार बेलुकी कुराकानीका क्रममा पाण्डे र विराजविच लफडा भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय