कोरियोग्राफर हुदै निर्देशनमा पाइला टेकेकी रेनाशा वान्तवा राईले प्रेमी प्रज्वल समशेर जबरासँग टिकाटालो गरेकी छिन् ।
आइतबार होटल शंकरमा सम्पन्न इन्गेजमेन्टमा वर बधुका नजिकका नातेदार र साथीहरु उपस्थित थिए । उनिहरुको वैशाख २४ गते विवाहको मिती तोकिएको छ ।
रेनाशाले प्रज्वलकै चलचित्र ‘ मेरो एउटा साथि छ’ मार्फत कोरियोग्राफीमा डेब्यु गरेकी हुन् ।
नयाँ जिवन सुरु गर्न लागेकोमा आफु अत्यन्त खुशी भएको र विवाह पछी पनि आफ्ना प्रोजेक्टहरुमा निरन्तर अघी बढ्ने उनको भनाइ छ ।


