र्याप शैलीमा प्रकाश र प्रीतिको दोहोरी ब्याटल

२०७५ चैत्र २३, शनिबार १९:०० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

लोक दोहोरी गायन क्षेत्रमा परीचित गायक प्रकाश सपुत र प्रीति आलेको स्वरमा र्याप शैलीको दोहोरी ब्याटल गित सार्वजनिक भएको छ ।

प्रकाश सपुतकै शब्द तथा संगित रहेको दोहोरी ब्याटलमा श्रीमान श्रीमती बीच हुने सवालजवाफ रहेको छ भने तं त भन्ने शब्द प्रयोग गरीएको छ ।

श्यामश्वेत रसाईलीको एरेन्ज तथा ब्याकराउन्डस्कोर रहेको गितको भीडीयोलाई स्वयंम प्रकाश सपुतले निर्देशन गरेका हुन भने गायक गायिका स्वयंमले अभिनय गरेका छन् ।

गायक प्रकाश र गायिका प्रीतिको गेटअप र स्टाईल र्यापर भन्दा कम स्टान्डर्ड छ्रैन ।

प्रकाश सपुत प्रीति आलेले यस अघि पनि दोहोरी ब्याटल भनेर निकालिसकेक थिए जहां प्रशंशा र आलोचना दुबै भएको थियो ।

दोहोरी ब्याटल २ भनेर युट्युवमा अपलोड गरीएको छोटो समयमा टे«न्डीङ २ मा भीडीयो आईसकेको छ ।

तर सार्वजनिक गितलाई दोहोरी ब्याटल भन्ने की नभन्ने भन्ने सवाल भने उठीरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय