चश्मा लगाएकी, मेक अप नगरेकी ललितपुरकी २२ वर्षीया अस्मिता महर्जन सहभागी मिस नेपाल अडिसनको भिडियो सामाजिक सञ्जालमा चर्चामा छ।
भिडियो सार्वजनिक भएसँगै उनको पक्षमा र सौन्दर्य प्रतियोगिता द हिडन ट्रेजरको विरोधमा विभिन्न टिप्पणी भए।
अस्मिताले आफू कम्प्युटर इन्जिनियरिङ गरिरहेको बताउँछिन्। तर निर्णायकले भने उनले मेकअप नगरेको, चश्माको सट्टा लेन्स नलगाएको भन्दै प्रश्न गर्छिन्।
ललितपुरकी २२ वर्षीया अस्मिता महर्जन। उनी नेपाल कलेज अफ टेक्नोलोजीमा कम्प्युटर इन्जिनियरिङको सातौं सेमेस्टरमा अध्ययनरत् छिन्।
तिनै सहभागी प्रतियोगिताको अघिल्लो चरणमा भने पुगेकी छन्। उनले रोड टु मिस नेपाल २०१९ु भन्दै फेसबुक पोस्ट गरेकी छिन्। उनले प्रतियोगिता अन्तर्गतकै केही फोटो राख्दै आफू प्रतियोगी नम्बर ८ भएको खुलाएकी छिन्।
निर्णायक रचना गुरुङ मिस नेपालमा २५ वर्षदेखि आबद्ध छिन् । गुरुङले आफूलाई नराम्रो देखाएर आफू चर्चित फेसबुक प्रयोगकर्ताले यो सब गरेको बताइन् । ‘कुनै मान्छेले खेल खेलेको हो,’ उनले भनिन् ।

भीडीयोमा निर्णायक बनेकी रचना शर्माले सहभागि अस्मीतालाई मेकअप नगरेर डिस्रेस्पेक्ट गरेको भन्दै एटीट्युड प्रष्ट देखिने गरी गरेको प्रश्नले उनको सर्वत्र आलोचना भैरहेको छ ।
युट्युबमा उपलब्ध पूरा भिडियोमा आफूले प्रसंगसहित उक्त प्रश्न राखेको रचनाको दाबी छ । यसबारे हिडन ट्रेजरले केही दिनमा प्रस्टीकरण दिने उनले बताइन् ।


