गायिका सरिता कार्की यति बेला ‘लाउँछ माया’ लिएर आउनु भएको छ । गायिका सरिता कार्की देश तथा विदेशमा हुने कार्यकर्ममा पनि निकै रुचाएको कलाकार हुनु हुन्छ । शिव हमालको शब्द र संगीतमा कुलेन्द्र विश्वकर्मा र सरिता कार्कीको स्वरमा रहेको यस गीतको संगीत संयोजन भने आशिष अबिरलको रहेको छ ।
लाउँछ मायाको भिडियोमा महेन्द्र गौतम र सुरक्षा पन्तको अभिनय रहेको छ भने प्रकाश भट्टको निर्देशन रहेको छ । राजेश घिमिरेको छायाँकनमा विष्णु शर्माको सम्पादन रहेको भिडियोलाई साइभिजन प्रालिले पोष्ट प्रोडक्सनको काम गरेको छ भने गायिका सरिता कार्कीको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।


