चलचित्र ‘ए मेरो हजुर ३’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको ट्रेलरमा मुख्य कलाकारहरु नायक अनमोल केसी, नव–नायिका सुहाना थापा, कलाकार सलोन बस्नेत, अर्पण थापा, रेअर राई लगायतलाई देखाइएको छ ।
सार्वजनिक भएको चलचित्रको ट्रेलरमा नायक अनमोल केसीको २ फरक गेटअप देख्न सकिन्छ । एकातिर अनमोललाई सोझो यूवाको भूमिकामा देखाइएको छ भने अर्कोतिर उनलाई स्टार गायकको भूमिकामा देखाइएको छ ।
नायिका सुहाना थापालाई भने अनमोलको फ्यानको रुपमा देखाइएको छ । सुनिलकुमार थापाले निर्माण गरेको चलचित्रलाई झरना थापाले निर्देशन गरेकी हुन् । संजय लामाले चलचित्र खिचेका हुन् ।


