निर्देशक तथा निर्माता अशोक शर्माले नयाँ चलचित्रको नाम ‘रातो टिका निधारमा’ राखिएको छ ।
नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरले अभिनय गरेको सफल चलचित्र ‘अल्लारे’को हिट गीतबाट यसपटक अशोकले चलचित्रको नाम सापटी लिएका छन् ।
। चलचित्रका लागि निर्माण टिमले नायिका नीता ढुंगानालाई फाइनल गरेको हो । नीता यतिबेला चलचित्र ‘साइनो’को छायांकनमा व्यस्त छिन् ।
उनको साथमा चलचित्रमा रविन्द्र झा, बुद्दि तामाङ, जयनन्द लामा, राजाराम पौडेल, शिवहरि पौडेल, लक्ष्मी गिरी फाइनल भएका छन् । पुरुषोत्तम प्रधानको छायांकन रहने चलचित्रमा शम्भुजित बास्कोटाको संगीत रहनेछ ।
चलचित्रमा ‘अल्लारे’ चलचित्रको हिट गीत ‘रातो टिका निधारमा’लाई पनि समावेश गरिनेछ ।
यो चलचित्र आउँदो बर्षको दशैंमा रिलिज हुनेछ । नयाँ बर्ष लागेसँगै चलचित्रको छायांकन सुरु हुनेछ ।


