यात्राको ट्रेलर युट्युवमा सर्वाधिक रुचाईयो

२०७५ चैत्र १६, शनिबार ०८:३९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

यात्राको ट्रेलर टेयुट्युवमा सर्वाधिक रुचाईएको छ । केही दिन अघि सार्वजनिक गरीएको ट्रेलर टेन्डीडमा रहेको छ ।

चलचित्रको ट्रेलरमा मुख्य कलाकारहरु सलिनमान बनियाँ, मलिका महत्त, सलोन बस्नेत, रेअर राई, राजाराम पौडेल, प्रेक्षा बज्रचार्य, जाहन्वी बस्नेत लगायतलाई देखाइएको छ । प्रतिक पौडेल, सुरेश न्यौपाने, शिशिर खातीको लेखन रहेको चलचित्रलाई सम्राट शाक्यले निर्देशन गरेका हुन् । चलचित्रमा सम्राटको कथा, पटकथा  छ ।

चैत्र २९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘यात्रा’को ट्रेलर सार्वजनिक ट्रेलरमा फिल्म सम्बन्धी अध्ययन गर्ने विद्यार्थी, उनीहरुको योजना, गाउँमा मिठो स्वर भएकी एक यूवती, उनको करिअरमा ती विद्यार्थीले ल्याएको परिवर्तनलाई उठान गरिएको छ ।

चलचित्रमा सुशिल पोखरेलको लगानी छ । चलचित्रमा विक्रम पराजुली, रामशरण घिमिरे, मुक्ती तिम्सिना सह–निर्माताको रुपमा छन् भने चलचित्रका प्रस्तुतकर्ता केशव भट्टराई रहेका छन् । चलचित्रका कार्यकारी निर्माता सर्जुमान लिगल छन् ।

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय