प्रदेश २ को एसईई परीक्षा स्थगित गरिएकोले विद्यार्थी आन्दोलित

२०७५ चैत्र १६, शनिबार ०८:०४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

प्रदेश न २ मा लगातार प्रश्नपत्र आउटपछि परीक्षा स्थगित हुदाँ आक्रोशित बनेका विद्यार्थीहरुले बिभिन्न ठाउँमा प्रदर्शन गरेका छन् ।

शनिबार हुने स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षाको समेत प्रश्नपत्र एक दिन अगावै बाहिरिएपछि शिक्षा मन्त्रालयले प्रदेश २ को एसईई परीक्षा स्थगित गरिएकोले विद्यार्थी आन्दोलित भएका हुन ।

बिज्ञान र सामाजिक विषयको प्रश्नपत्र आउट भएपछि यी दुवै विषयको परीक्षा रद्द गरिएको थियो । आक्रोशित परीक्षार्थीहरुले सप्तरी सदरमुकाम राजविराजमा संघीय शिक्षा मन्त्री गिरिराजमणी पोखरेलको पुत्ला जलाएका छन् ।

शिक्षा मन्त्रीले राजिनामा दिनुपर्ने मुख्य माग राख्दै उनीहरुले पुत्ला जलाएका हुन् । विद्यार्थीहरुले सप्तरीमा बिहानैदेखि प्रदर्शन गर्दै पूर्वपश्चिम राजमार्गमा चक्काजाम समेत गरेका छन् ।खरचुहियामा निरन्तर चक्काजाम रहेका कारण यात्रुहरु अलपत्र भएका छन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय