गायक सविन लामाको ‘लै बरी लै बरी’ बोलको पप गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
गायक सविन लामाकै शब्द तथा संगीत सिर्जनामा तयार भएको ‘लै बरी लै बरी’गीतको म्युजिक भिडियोमा सुजन खत्री र अनिता थिङको अभिनय देख्न सकिन्छ।
राजकुमार मगरद्वारा सम्पादित गीतमा देशमा भइरहेको युवा पिँढीको अवस्थालाई गीत मार्फत देखाइएको छ।
गायक लामाले यसअघी सानो पाइला एल्वममा मार्फत चार गीत बजारमा ल्याइसकेका छन्।
युट्युब मार्फत सार्वजनिक भएको गीत ओएसआर डिजिटल म्युजिक कम्पनीले बजारमा ल्याएको हो।


