नायिका बर्षा सिवाकोटीले पनि यस्तै आक्रोश पोखेकी छिन् । चलचित्र ‘पुरानो बुलेट’ हलमा रिलिज भएपछि कसैको पनि साथ नपाएको भन्दै उनी आक्रोशित भएकी हुन् । कसैको जता फर्किएको पनि समाचार बन्ने, कसैको चलचित्र चल्दा पनि समाचार नबन्ने, यस्तो किन नायिका सिवाकोटीको आक्रोश थियो ।
उनले मिडियाले राम्रो कुरालाई साथ नदिएको भन्दै आक्रोश पोखिन् । बर्षाको यो आक्रोशले अहिले चलचित्र क्षेत्रमा तरंग उत्पन्न गरेको छ । नायिका सिवाकोटीले आफू अभिनित चलचित्र ‘पुरानो बुलेट’लाई दर्शकले राम्रो प्रतिक्रिया दिदा पनि मिडियाले वेवास्ता गरेको भन्दै आफू कुनै स्टारको छोराछोरी नभएको, कुनै युुटुबरको अफिसल कलाकार पनि नभएको भन्दै आक्रोश पोखेकी हुन् ।



