दाल भात तरकारी’ को मुला गित

२०७५ चैत्र १, शुक्रबार १६:२४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

बैशाख १३ गतेबाट पोस्टपोन्ड भएर बैशाख २० मा पुगेको मल्टिस्टारर फिल्म ‘दाल भात तरकारी’ को शिर्ष गीत सार्वजनिक भएको छ ।

राजेशपायल राई र स्मिता दाहालको स्वर रहेको गीतको भिडियोमा  शम्भुजित बाँस्कोटाले  संगीत भरेका छन् ।  फिल्मका लिड कलाकारहरु पुष्प खड्का, आँचल शर्मा, हरिवंश आचार्य र निरुता सिंह फिचर्ड छन् । हरिवंश र निरुतालाई भने सेफको पहिरनमा देख्न सकिन्छ ।

मह संचारको ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता किरण केसी हुन् । फिल्मले हरेक मानिसले दाल भात तरकारी खानका लागि गर्ने संघर्षको कथा भन्छ । फिल्मको कथा हरिवंश आचार्यले लेखेका हुन् । पटकथा तथा संवाद पनि उनकै हो । यो फिल्मलाई सुदन केसीले निर्देशन गरेका हुन् । उनको यो डेब्यू निर्देशित फिल्म हो ।

बर्षा राउत, राजाराम पौडेल, प्रियंका कार्की, विल्सन विक्रम राई, यमन श्रेष्ठ, शिवहरी पौडेल, किरण केसीलगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय रहेको छ । मित्र डि  गुरुङको सम्पादन रहेको फिल्मलाई दिर्घ गुरुङले खिचेका हुन् । यसमा प्रमिला आचार्य, यमन श्रेष्ठ, शिवहरी पौडेललगायत निर्मातामा छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय