ए मेरो हजुर ३’ को जिन्दगी नै भन्दिनँ’

२०७५ चैत्र १, शुक्रबार १६:१३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

ए मेरो हजुर ३’ को पहिलो रोमान्टिक गीत युट्युब रिलिज भएको छ । समावेश ‘जिन्दगी नै भन्दिनँ’ बोलको गीत सार्वजनिक गरेको हो । गीतको भिडियोमा अनमोल र सुहाना फिचर्ड छन् ।

सुगम पोखरेल र ‘फूल हैन’ फेम्ड गायिका प्रविशा अधिकारीको स्वर रहेको गीतमा एक नारायण भण्डारीको शब्द छ । आशिष अविरलले गीतमा संगीत भरेका छन् ।

नेपालसँगै अमेरिकाका विभिन्न रमणीय स्थानहरुमा खिचिएको गीतको भिडियोमा अनमोल र सुहानाको जोडी सुहाएको देखिन्छ ।

चैत २९ गतेबाट प्रदर्शनमा आउने ‘ए मेरो हजुर ३’ लाई झरना थापाले निर्देशन गरेका हुन् ।  सुहाना उनकै छोरी हुन् । सुनिल कुमार थापाले निर्माण गरेका हुन् । यसमा अनमोल र सुहानासँगै सलोन बस्नते, अर्पण थापा, रबिन्द्र झालगायतका कलाकारहरुको पनि अभिनय छ ।

निर्देशक थापा र सुमन पौडेलको कथा रहेको फिल्ममा सञ्जय लामाको छायांकन र हिमाल केसीको द्वन्द्व निर्देशन छ । कविराज गहतराज, रामजी लामिछाने, प्रविन सिंह र राहुल शाहको कोरियोग्राफी रहेको फिल्ममा दिर्घ खड्काले सम्पादन गरेका छन् ।

सैलेश श्रेष्ठको ब्याकग्राउन्ड स्कोर रहेको फिल्ममा सत्यम राना र अचुत बजगाइँले भिएफएक्स गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय