प्रेम कहानी  निर्माण गर्ने घोषणा

२०७५ फाल्गुन ३०, बिहीबार ०९:४१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

चलचित्र रुमालै छ चिनो  निर्माता र निर्देशकले अर्को चलचित्र  प्रेम कहानी  निर्माण गर्ने घोषणा गरेका छन ।

निर्देशक दिनेश सिंह ठकुरीको फागुन २८ गते जन्मदिनको अवसर पारेर आज आयोजित एक कार्यक्रमका बिच चलचित्र प्रेम कहानी निर्माण गर्ने घोषणा गरिएको हो ।

यो चलचित्र चन्द्र(सुर्य फिल्मस प्रा।लि। को ब्यानरमा चन्द्र खड्काले निर्माण गर्न लागेका छन भने कलाकार तथा अन्य प्राविधिकहरुको टुङ्गो लागि नसकेको उक्त कार्यक्रममा जानकारी गराइएको थियो ।

यहि २०७५ साल भित्रै छायांकनमा जाने बताइएको छ । निर्माता चन्द्र बहादुर खड्काले अघिल्लो चलचित्र रुमालै छ चिनो प्रदर्शन गर्ने बेलामा न्युनतम ५ वटा चलचित्र निर्माण गर्ने प्रतिबद्धता जनाए बमोजिमको निरन्तरतामा आज प्रेम कहानीको नाम घोषणा गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय