नायकको भन्दा नायिकाको नाम छिटो याद गर्दै उपराष्ट्रपतिले भने तिन महानायक

२०७५ फाल्गुन २८, मंगलवार १६:१९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नायक भुवन केसी निर्मित चलचित्र क्याप्टेन हेर्न सिनेमा हल पुगेका उपराष्ट्रपति नन्दबहादुर पुनले चलचित्रको बारेमा प्रतिक्रिया दिंदै आफु चलचित्रप्रति जानकार रहेको बताए ।

क्याप्टेन हेरीसकेपछि फिल्मको प्रशंशा गर्दै उपराष्ट्रपति पुनले संगै रहेका नायक भुवन केसीको नाम भन्न केही अक्मकाए र नायक भुवन केसीले नै भन्दीए भुवन केसी भनेर ।

फेरीसंगै रहेकका शिव श्रेष्ठको नाम भन्न पनि अक्मकाए र शिव श्रेष्ठ भनेर भुवन केसीले नै सम्झाई दिए । उपराष्ट्रपति पुनले नायिका उपसना सिंह ठकुरीको भने सहजै नाम लिए र खुलेरै प्रशंशा गर्दै सम्भावना राम्रो रहेको बताए ।

आफु राजेश हमाल भुवन केसी र शिव श्रेष्ठको फिल्म हेरेर हुर्कीएको बतउदा नाम भन्न किन गाहे फेरि डेब्यु नायिाको नाम कति छिटो याद भएको होला भन्ने सबैलाई लाग्न सक्छ ।

महानायक कोहो त भन्दा उपराष्ट्रपति पुनले प्रतिक्रिया दिए एक जना हैन , तिनैजना महानायक हुन ,राजेश हमाल ,भुवन केसी र शिव श्रेष्ठ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय